८ महिनाको दैरानमा साढे ४ हजार पर्यटकद्धारा रारा तालको अवलोकन

सहयात्रा टिभी

जुम्ला । चैत्र १९, कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य तथा स्वर्गकी अप्सरा रारा तालमा पर्यटकहरुको चहलपहल बढ्दै गएको छ । रारा ताल घुम्ने उत्तम समयका रुपमा मानिने चैत महिनाको सुरुवातसँगै रारामा पर्यटकको संख्या बढ्न थालेको हो ।

चालु आर्थिक वर्षको ८ महिनामा ४ हजार ४ सय ९ जना आन्तरिक तथा बाह्य पर्यटकले रारा तालको अवलोकन तथा भ्रमण गरेको रारा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी यज्ञराज रोकायाले जानकारी दिए । उनका अनुसार ४ हजार ४ सय ९ जना पर्यटकमध्ये ७ जना विदेशी पर्यटक रहेका छन् भने ४४ सय २ जना नेपाली रहेका छन् ।

चालु आर्थिक वर्षको आठ महिनामा रारा राष्ट्रिय निकुञ्जले विभिन्न शिर्षकमा १० लाख १३ हजार ७ सय ८० रुपैयाँ राजस्व संकलन गरेको छ । विगतका तुलनामा बाह्यको पर्यटकको आगमन घटे लगतै राजस्व संकलन पनि घटेको निकुञ्जले बताएको छ ।

रारा तालमा पर्यटको वृद्धि भएसँगै होटलमो कमी भएकाले बास बस्न निकै समस्या भएको भेग्नु परेको छ । रारा ताल आसपास भएका होटल भरिभराउ हुने र अधिकांश पर्यटकहरुलाई बस्ने बासको उचित व्यवस्थापन नहुँदा समस्या भएको हो । ढिला पुग्ने, सम्पर्क गरेर नजाने पर्यटकहरु टेन्ट हालेरै भएपनि चौरमा बस्ने गरेको निकुञ्जमा सूचना अधिकारी रोकायाले बताए ।

 

प्रकाशित : 1 April, 2021

प्रतिक्रिया दिनुहोस्