सुनको मूल्य वृद्धि

सहयात्रा टिभी

काठमाडौं । चैत्र २०, आज सुनको मूल्य बढेको छ । शुक्रबार सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो । बिहीबार प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बढेर प्रतितोला ८७ हजार ४०० रुपैंयामा कारोबार भएको सुनचाँदी व्यवसाय महासंघले बताएको छ ।

तेजावी सुनको मूल्य आज प्रतितोला ८६ हजार ९५० रुपैयाँ रहेको छ । यस्तैगरी, चाँदीको मुल्य पनि तोलामा ३० रुपैयाँले बढेर प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रकाशित : 2 April, 2021

प्रतिक्रिया दिनुहोस्