रेल दुर्घटनाहुदाँ दर्जनौंको ज्यान गयो
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र २०, ताइवानको पूर्वी क्षेत्रमा सुरुङ (टनेल) भित्र एउटा रेल दुर्घटनाग्रस्त हुँदा दर्जन यात्रीको मृत्यु भएको छ । ताइवानमा शुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल कोचाकोच भरिएको अधिकारीहरुले जनाएका छन् । उद्धारकर्ताहरु सुरुङभित्र च्यापिएका मानिसको उद्धारमा खटिएका छन् ।
कम्तीमा ३६ जनाको मृत्यु भएको र अरु ७० जना रेलका डब्बाभित्र च्यापिएको प्रहरीले जनाएको छ । उद्धार गरिएका ६० जनालाई भने अस्पताल पु¥याइएको छ ।
हुलियान शहरका प्रहरी प्रमुख चाई डिङ–हेसियानले निर्माण कार्यमा प्रयोग भइरहेको एउटा सवारी साधन रेलको लिकमा खसेका कारण रेल दुर्घटना भएको बताउनुभयो भने संचार माध्यमले रेलको नजिकै एउटा ट्रक क्षतविक्षत अवस्थामा रहेको तस्वीर प्रकाशन गरेका छन् । सो घटना स्थानीय समय अनुसार बिहान ९:३० बजे भएको थियो ।