अमेरिकाको तापक्रम ३३ डिग्री सेल्सियस, तोड्यो १११ वर्षको रेकर्ड
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र २०, अमेरिकामा १२२ वर्षको रेकर्ड बर्फबारीको ५५ दिन पछि गर्मीले १११ वर्षको रेकर्ड तोडेको छ । त्याहाँको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुगेको छ । मौसम विभागका अनुसार अमेरिकामा मार्च–अप्रिलमा तापक्रम २२ देखि २५ डिग्रीबीच रहने तर यस वर्ष यो ३३ डिग्रीसम्म पुगेको बताईएको छ ।
अघिल्लो वर्षको तुलनामा ७-८ डिग्री बढी रहेको छ । स्यान डिएगोस्थित नेशनल वेदर सर्भिसको मौसम विज्ञ मार्क मीडेले यो वर्ष चिसो मौसममा रेकर्ड बर्फबारी त भयो । तर चिसो अचानक समाप्त भयो । यसकारण अमेरिका र युरोपमा हिटवेव चल्न थाल्यो ।
यसकारण वसन्त ऋतु नआउँदै एक महिना अघि गर्मी आयो । मीडेका अनुसार बुधबार स्यान डिएगोमा तापक्रम ३२.७ डिग्री दर्ता गरियो । यसअघि यहाँ सन् १९१० मा ३१ डिग्री तापक्रम दर्ता गरिएको थियो । स्मरण रहोस्, ५ फेब्रुअरीमा अमेरिकामा पाँच फिटसम्म बर्फबारी भएको थियो ।