बलिउड अभिनेता अक्षयकुमारलाई पनि कोरोना
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र २२, बलिउड अभिनेता अक्षयकुमार कोरोना भाइरसद्धारा संक्रमण भएका छन्। आइतबार बिहान अक्षयकुमारले आफूलाई कोरोना संक्रमण भएको बताएका छन्।
भारतमा कोरोनाभाइरसका संक्रमितको संख्या दिनदिनै बढिरहेको छ भने कोरोनाको दोस्रो लहर फैलिरहेको भारतमा शनिबारमात्रै झन्डै ९३ हजार संक्रमित थपिएका छन्। संक्रमित थपिएसँगै भारतमा मृतकको दैनिक संख्या पनि उकालो लागेको छ। शनिबार भारतमा कोरोना संक्रमणबाट ५ सय १४ जनाको मृत्यु भएको छ। यो संख्या गत डिसेम्बर ४ यता सबैभन्दा धेरै हो।