केपी ओली प्रचण्ड माधव नेपाल एमाले


के तपाँइलाई थाहा छ अत्यधिक लसुनको सेवनले निम्त्याउँने समस्या ?

सहयात्रा टिभी

काठमाडौं । चैत्र २२, लसुनको सेवनले स्वास्थ्यमा धेरै फाइदा पनि गर्छ । लसुन दैनिक खाने खानामा पनि प्रयोग गर्ने गरिन्छ भने तरकारी, खाना, अचार लगायतका खानेकुरामा प्रयोग गरिने लसुनको धेरै सेवनले स्वास्थ्यमा हानी पनि पुग्ने गर्छ ।

स्वाद बढाउन प्रयोग गरिने लसुनको फाइदा मात्र नभइर यस्का बेफाइदा पनि छन् । उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल र अन्य समस्याहरुमा फाइदाजनक हुन्छ । यदि लसुनको अधिक मात्रामा सेवन गर्दा लसुनले दुष्प्रभाव पनि देखाउँछ ।

अनुसन्धानका अनुसार लसुनमा हुने एन्जाइमले दागधब्बा र चिलाउने समस्या आउँछ । त्यसैले यसको प्रयोग सावधानीपूर्वक गर्नुपर्छ । अधिक मात्रामा लसुनको सेवन गरिन्छ भने सास गन्हाउने समस्या पनि आउँछ । अत्यधिक मात्रामा लसुनको सेवन ग्यासको कारण पनि बन्न सक्छ ।

प्रकाशित : 4 April, 2021

प्रतिक्रिया दिनुहोस्