इजरायलका प्रधानमन्त्री नेतान्याहूमाथि लागेको भ्रष्टाचारको मुद्दामा पुनः सुनुवाइ

सहयात्रा टिभी

काठमाडौं । चैत्र २३, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि लागेको भ्रष्टाचारको मुद्दामा फेरि सुनुवाइ हुने छ । ७१ वर्षीय नेतान्याहूविरुद्ध तीन वटा मुद्दा दायर गरिएको बीबीसीले बताएको छ ।

अघि पनि उक्त मुद्दाको सुनुवाइ भएको थियो । तर नेतान्याहूले आफूमाथि लागेको आरोप भने अस्वीकार गरेका छन् । कोरोना महामारीका कारण नेतान्याहूको मुद्दाका सुनुवाइमा ढिलाइ भएको अधिकारीहरुले बताएका छन् । पछिल्ला दुई वर्षमा भएका चार वटा निर्वाचनमा कसैले पनि स्पष्ट बुहमत ल्याउन नसकेकाले इजरायल राजनीतिक संकटमा रहेको बताइएको छ ।

प्रकाशित : 5 April, 2021

प्रतिक्रिया दिनुहोस्