केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेप्सेमा नयाँ रेकर्ड, १०३ कम्पनीका लगानीकर्ताले कमाए

सहयात्रा टिभी

काठमाडौं । चैत्र २४, नेपाल स्टक एक्ससेञ्ज (नेप्से)ले साताको तेस्रो दिन मङ्गलवार समेत नयाँ रेकर्ड कायम गरेको छ। अघिल्लो दिन भन्दा १५.७२ अङ्कले नेप्से बढेर हालसम्म कै सर्वाधिक उच्च २ हजार ६ सय ७४ अङ्कमा पुगेको हो।

आज ७ अर्व ४० करोड भन्दा माथिको कारोबार हुँदा नेप्सेमा सूचीकृत १०३ वटा कम्पनीका लगानीकर्ताले नाफा कमाएका छन् । मङ्गलबार सबैभन्दा बढी कारोबार निफ्राको भएको छ। त्यसैगरी सर्वाधिक कमाउने कम्पनीमा भने चिलिमे हाइड्रो पावर रहेको छ। हिजो मात्र लाभांश घोषणा गरेको साल्ट ट्रेडिङ कर्पोरेसनको मुल्यमा १३१० रूपयाँको गिरावट आउँदा सो कम्पनीका लगानीकर्ता सर्वाधिक गुमाउनेमा परेका छन्।

प्रकाशित : 6 April, 2021


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्