बिस्केट जात्रालाई मध्य नजर गर्दै नगरपालिकाद्धारा घरघरमा स्वास्थ्य सामग्री वितरण

काठमाडौं । चैत्र २७, बिस्केट जात्रा नजिकिएसँगै भक्तपुर नगरपालिकाले नगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण शुरु गरीएको छ ।
जात्राबाट फैलिन सक्ने कोरोना संक्रमण रोकथामका लागि आवश्यक सामग्री वितरण सुरु गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए ।
संघीय सांसद प्रेम सुवालको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७–७८ को बजेटबाट भक्तपुर नगरपालिकामा सञ्चालित कोभिड–१९ संक्रमण रोकथामका लागि नगरपालिकाले स्वयंसेविका परिचालन गरी घरघरमा गएर स्वास्थ्य सामग्री वितरण गरेको हो ।