बिमानबाट खिचिएको ह्वेलको तस्बिर सामाजिक संजालमा निकै चर्चामा

सहयात्रा टिभी

काठमाडौं । चैत्र २७, विमानमा यात्रा गर्दै गर्दा जस्मीन चाइल्ड्रेसले एउटा दुर्लभ दृष्य देखिन् जसलाई उनले आफ्नो क्यामरा जुम गरेर उक्त दृष्य आफ्नो क्यामरामा कैद गरिन् । उक्त तस्बिरलाई उनले आफ्नो ट्वीटरमा शेयर गर्दै क्याप्सनमा लेखिन, ‘मैले विमानको झ्यालबाट एउटा ह्वेल देखें, तस्बिर त्यति स्पष्ट छैन तर, त्यसले मलाई केही फरक पर्दैन ।’

उनको ट्वीट सोसल मिडियामा निकै सेयर भयो । सो तस्बिर हेरेर मानिसहरु अचम्ममा परेका थिए । अनि आफूहरुले पनि विमानमा यात्रा गर्दा यस्तै दृष्य हेर्न चाहेको पनि बताए ।

प्रकाशित : 9 April, 2021

प्रतिक्रिया दिनुहोस्