नयाँ वर्षमा राजु लामाले ‘द मंगोलियन शो’ मार्फत सबैलाई नचाउने
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । चैत्र ३१, चर्चित साङ्तिक समूह मङ्गोलियन हार्टका लोकप्रिय गायक राजु लामाले दर्शकलाई नचाउने भएका छन् ।
नयाँ वर्षको २०७८ को अवसर पारेर बैशाख १ गते बुधबार ठमेलको छाँया सेन्टरमा रहेको प्ले ब्वाई लन्च एण्ड क्लबमा आयोजना हुन लागेको ‘द मंगोलियन शो’ कार्यक्रममा उनले गीतसंगीतबाट सबैलाई नचाउने भएका हुन् ।
नेपाली चलचित्र र गीत संगीत क्षेत्रका थुप्रै कलाकारको समेत सहभागिता रहने कार्यक्रम नयाँ वर्षमा दर्शकलाई मनोरन्जन दिने उदेश्यले आयोजा गर्न लागेको लन्चका संचालक अमित पौडेलले बताए ।