आजबाट विराट गोल्डकपको सेमिफाइनलको संस्करण

मोरङ । बैशाख १, विराट गोल्ड कपमा आजदेखि सेमिफाइनलका संस्करण सुरु हुँदैछन् ।
सेमिफाइनलको पहिलो खेल घरेलु टिम विराटनगर ११ ले एपीएफको सामना गर्ने छ । फाइनल यात्राको लागि विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौ र घरेलु टिम विराटनगर ११ बीच प्रतिस्पर्धा हुनेछ ।
विराटनगरले पश्चिम बंगालको युनाइटेड फुटबल क्बललाई ३-० ले र भारतको युनाइटेड सिक्किम फुटबल क्लबलाई २-१ गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरको हो भने एपीएफले विभागीय टिम नेपाल पुलिसलाई २-० गोलले हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।
पोखरामा सम्पन्न आहा-रारा गोल्डकपका विजेता संकटा ब्वाइज स्पोटिङ्ग क्लब विराटनगरमा जारी छैठौं विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पञ्जाबले शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मछिन्द्रलाई २-० गोल र गोरखा ब्वाइज क्लब रुपेन्देहीलाई टाईब्रेकरमा ४-२ गोलले हराउँदै सेमिफाइनमा पुगेको हो ।