केपी ओली प्रचण्ड माधव नेपाल एमाले


विकासको अवधारणा, स्वरुप र खाका

सहयात्रा टिभी

सहयात्रा सम्पादकीय:  विकास हरेक क्षेत्रको लागि अत्यावश्यक, गतिशील परिवर्तनको प्रतिबिम्ब हो । विकास एउटा यस्तो सकारात्मक परिवर्तन हो जसले समाजमा प्रगति उन्मुख परिवर्तनको अपेक्षा राखेको हुन्छ । शाब्दिक अर्थमा विकासले यथास्थिति भन्दा उन्नत, पूर्ण, परिपक्व अपेक्षित अवस्थालाई जनाउँदछ । विकास शब्द आफैँमा बहुआयामिक अर्थ बोक्ने एउटा अवधारणाको प्रतिनिधि शब्द हो । यसले मानिसका चाहना, आकांक्षा र त्यससँग जोडिएको अर्थराजनीति र विश्व दृष्टिकोणको एकैपटक प्रतिनिधित्व गर्छ ।

नेपालको परिपे्रक्ष्यमा कुरा गर्दा विकासका योजनाहरू कार्यान्वयन गर्दा भविष्यमा आइपर्न सक्ने राजनीतिक तथा सामाजिक जटिलताहरू र वातावरणीय कुप्रभावका बारेमा गम्भीर विचार(विमर्श गर्ने चलन नेपालमा विरलै पाइन्छ। विकास सम्बन्धी अवधारणा मानव सभ्यताको विकासक्रमसंगै कुनै न कुनै रूपमा प्रचलित रहँदै आएको भएता पनि पश्चिमी युरोपले १८ औँ शताब्दी तिर अवलम्बन गरेको पुँजीवादी अवधारणा अन्तर्गतको आर्थिक समृद्धितर्फ उन्मुख हुने रणनीति पछि विकासको अवधारणाले बढी मूर्त रूप पाउन थालेको देखिन्छ ।

यसरी हेर्दा नेपालले विकास खोजेको दुईवटा कारण यस्ता हुन सक्छन्। एउटा विश्वका आम मानिसले उपभोग गरेको उच्चस्तरिय जीवनशैली र सुविधासहित परिवर्तनको आकांक्षा । अर्को परम्परागत समाज, अर्थतन्त्र, उत्पादन सम्बन्ध र सुसंस्कृत विविध आयाममा रहेका समस्या या भनौ विकास विनाको दुःखबाट मुक्तिको खोजी । विकास कसले कसका लागि गरिरहेको हो भन्ने प्रश्नले यावत् समस्या सिर्जना भएका छन् । यसर्थ, विकासले विनास होईन तपाई हामीले सोचेको र चाहेको जस्तो विकास होस भन्न मात्र खोजिएको हो ।

कतिपय ठाउँमा सडकले जमिन ओगटेका कारण क्षति सहनुपर्ने स्थानीय बासिन्दा र सडक आयोजनाबीचमा विवाद मिलेको हुदैन । अझै तोकिएको समयमै यो आयोजना पूरा हुने सम्भावना पनि धमिलिँदै जाने प्रचलनले विकासका काम समयमै सम्पन्न कहिल्यै हुदैनन् । जुन विकासले मानिसको हित र आकांक्षा पूर्ति गर्दैन त्यस्तो विकासलाई जनताले आत्मसात् गर्न गाह्रो पर्छ भन्ने सबैले हेक्का राख्नुपर्छ ।

कार्लमाक्र्सले वर्ग सङ्घर्षको प्रतिफल र श्रमिक वर्गको हक हित र उन्नतिको स्वरुपलाईनै वास्तविक विकास हो भनेका छन् । यसर्थ, नेपालले पनि कार्लमाक्र्सको उक्त भनाईलाई शिरोधार्य गरि विकास पथमा लम्कने हो भने तपाइ हामीले चाहेको र सोचेको विकास तपाई हामै्र पालामा उपभोग गर्न पाईन्थ्यो कि ?

 

प्रकाशित : 15 April, 2021


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्