‘भायानेट स्पिडी अफर’

काठमाडौं । बैशाख ०२, अब ग्राहकले सस्तो मूल्यमा सुपर स्पिड इन्टरनेटको सुविधा लिन सक्नेगरी भायानेटले ‘भायानेट स्पिडी अफर’ ल्याएको छ। जसमा १०० एमबिपिएस सम्मको स्पीड पाउन सकिन्छ।
उक्त अफर अन्तर्गत पुरानै मूल्यमा नयाँ तथा नवीकरण गर्ने वार्षिक ग्राहकले ३० एमबिपिएसको दरमा ५० एमबिपिएस, ४० एमबिपिएसको दरमा ७५ एमबिपिएस र ६० एमबिपिएसको दरमा १०० एमबिपिएस पाउन सकिन्छ भने कम्पनीका अनुसार यो अफर सीमित अवधिका लागि मात्र लागू हुनेछ। साथै एक हजार रिवार्ड अंकसँगै भायाटिभी, इन्टरनेट जडान खर्च, सेट अप बक्स सबै सित्तैमा पाइनेछ।