टिप्पर दुर्घटनाहुदाँ दुईको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०३, रसुवामा टिप्पर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

कालीका गाउँपालिका–२ स्याउबारीमा गएराति प्रदेश ३–०१–००६ ख १६८८ नम्बरको टिप्पर पल्टिँदा चालक त्यहीँ ठाउँका २५ वर्षका सागर तामाङको मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा ज्यान गुमाउने अर्का व्यक्तिको परिचय खुल्न बाँकी रहेको छ । उनीहरुको जिल्ला अस्पताल रसुवामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 16 April, 2021

प्रतिक्रिया दिनुहोस्