नासाले पठाएको हेलिकप्टर मंगल ग्रहमा सफल उडान्

सहयात्रा टिभी

काठमाडौं । बैशाख ०७, अमेरिकी अन्तरिक्ष संस्था नासाले मंगल ग्रहमा पठाएको इन्ज्युनिटी हेलिकप्टरको पहिलो टेस्ट फ्लाइट सफल भएको छ।

त्यसैगरी, पृथ्वीबाहेक अन्य ग्रहमा उड्ने पहिलो यान इन्ज्युनिटी बन्न सफल भएको छ ।

नेपाली समय अनुसार सोमबार अपराह्न ४ बजे इन्ज्युनिटीले मंगल ग्रहमा ३० सेकेन्डको उडान गरेको बीबीसीले बताएको छ।
मंगल ग्रहमा रहेको एक उपग्रहले पृथ्वीमा सन्देश पठाएरसँगै यसको पुष्टि भएको थियो।

नासाका वैज्ञानिकहरुले आगामी दिनमा अझ बढी साहसिक उडानका लागि अनुसन्धान गर्ने बाटो खुलेको प्रतिक्रिया दिएका छन्।
स्रोत: बीबीसी

प्रकाशित : 20 April, 2021

प्रतिक्रिया दिनुहोस्