गर्मीमा काक्रो खानूको फाइदाहरू
सहयात्रा टिभी
काठमाडौं । बैशाख ०७, गर्मी मौसममा काक्रो खानु मानव शरिरका लागि एकदमै फाइदाजनक हुन्छ । काक्रोमा प्रशस्त मात्रामा पानी पाइने भएकोले यो निकै फाइदाजनक पनि छ । काक्रोमा भएको एन्टीडाएबेटिक र एन्टी अक्सिडेन्ट तत्वले छाला सम्बन्धी समस्याबाट बचाउनुको साथै कब्जियतको समस्या पनि हल गर्छ ।
काक्रो खानुका फाइदाहरु निम्म प्रकारका छन्:
-श्वास गनाउने समस्या छ भने यसबाट छुटकार पाइन्छ ।
-हाड जोर्नी दुखाइको समस्याबाट छुटकार पाइन्छ ।
-तौल घटाउन मदत गर्छ।
-क्यान्सर विरुद्धको प्रतिरक्षा प्रणालीलाई बृद्धि गर्नमा सहयोग गर्छ
-शरिरमा क्यान्सर रोगबाट बच्न मदत गर्छ ।
-पाचनक्रिया गराउन सहन बनाउछँ ।
-टाउको दुख्ने तथा अल्छिपना हटाउछ ।
-मधुमेहका विरामीका लागि पनि मदत गर्छ ।
-रक्तचाप नियन्त्रण गर्ने काम गर्छ ।
-छाला चाउरिनबाट बचाउछँ ।