अक्सिजन ट्यांक लिकहुदाँ ११ बिरामीको मृत्यु
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख ०७, महाराष्ट्रको नासिकस्थित जाकिर हुसैन अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा अक्सिजनको आपूर्ति ३० मिनेट रोकिदा ११ जना बिरामीको मृत्यु भएको र कम्तिमा ३५ जना बिरामीको अवस्था नाजुक रहेको महानगरपालिकाका आयुक्त कैलाश जाधवले पुष्टि गरेका छन् ।
अक्सिजन ट्यांक लिक हुँदा २० किलो तरल अक्सिजन बर्बाद भएको छ र भारतीय मिडियाका अनुसार ट्यांकबाट आउने सप्लाई पाइपमा लिकेज भएको थियो भने हाल सो समस्या हल गरिएको छ ।