गर्मी मौसममा यी कुराहरू खाने गर्नुस् स्वास्थ्यलाई फाईदा गर्छ
काठमाडौं । बैशाख ०७,
दही – दहीको सेवन गर्मी मौसममा गर्नाले पाचन प्रक्रिया राम्रो हुन्छ । दहीका विभिन्न परिकार बनाएर वा सिधै सेवन गर्न पनि सकिन्छ ।
काक्रो – काक्रा एउटा विभिन्न पोषणयुक्त भएको फल हो । यसले गर्मीमा शरीरलाई चाहिने पानीको पूर्ति गरी शरीरलाई शीतलता प्रदान गर्छ । दैनिक काँक्रो खानाले शरीरको तापक्रम प्राकृतिक रुपमा घटाउन मद्दत गर्छ ।
खर्बुजा – खर्बुजा खानाले शरीरलाई शीतलता दिन्छ । खर्बुजाको अधिकांश भाग पानीयुक्त हुने भएकाले प्रशस्त खर्बुजा खाँदा शरीरलाई हाइड्रेटेड राख्छ ।
पुदिना – शरीरको गर्मी हटाउने घरेलु उपायको रूपमा पुदिनाको सेवन राम्रो मानिन्छ । पुदिनाको जुस पनि बनाएर पिएमा गर्मीमा शरीरलाई शीतलता प्रदान गर्दछ ।
नरिवल पानी – शरीरमा पानीको आपूर्ति गरी शरीरको तापक्रम नियन्त्रण गर्न एक गिलास नरिवल पानीले सहयोग गर्छ ।
कागती – पानीमा कागतीको रस मिसाएर, सोडा तथा सर्वत बनाएर पनि पिउन सकिन्छ । कागतीलाई शरीरको प्रतिरोध क्षमता बढाउने, घाँटीको संक्रमण रोक्ने, अपच र कब्जियत समेत हुन दिँदैन ।