चर्चित संगीतकार राठोरको कोरोना संक्रमणबाट निधन

सहयात्रा टिभी

काठमाडौं । बैशाख ११, चर्चित संगीतकार श्रवण राठोरको कोरोना संक्रमणबाट विहीबार राति मुम्बईस्थित रहेजा अस्पतालमा निधन भएको छ ।

त्यसैगरी, श्रवणको निधनसँगै नब्बेको दशकमा नदिम–श्रवणको जोडी पनि टुटेको छ । उनीहरुले ९० को दशकमा धेरै हिट गीतमा संगीत भरेका थिए ।

नदिम–श्रवणको जोडीले पहिलो पटक १९७७ मा भोजपुरी फिल्म दंगलका लागि संगीत दिएका थिए भने उनीहरुले कम्पोज गरेको गीत ‘काशी हिले पटना हिले’ हिट भएको थियो ।

पछिल्लोे समय भारतमा बढ्दो कोरोना भाइरसको कारण धेरै कलाकारहरु संक्रमित भएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

 

प्रकाशित : 24 April, 2021

प्रतिक्रिया दिनुहोस्