छाला सम्बन्धी रोग सेतो दुबीको बारेमा महत्पूर्ण जानकारी

सहयात्रा टिभी

काठमाडौं । बैशाख ११, छालामा देखिने विभिन्न किसिमका रोगहरुमध्ये सेतो दुबी पनि एक हो । सेतो दुबी शरीरमा छालालाई रङ दिने कोषहरुको कमि भएर देखापर्ने गर्दछ ।

सेतो दुबी १० देखि ३० प्रतिशत वंशाणुगत हुनसक्छ । यो दुध जस्तै सेतो हुने भएकाले सेतो दुबी भनिएको हो । चिकित्सा क्षेत्र सम्पूर्ण रुपले यहि कारणले नै सेतो दुबी देखा पर्छ भन्नेमा स्पष्ट छैन् । तर, विविध कारणले छालामा रंग उत्पादन गर्ने कोष मेलानोसाइट नष्ट हुँदा सेतो दुबी देखापर्छ । सेतो दुबीको उपचार जति छिटो गर्यो उति छिटो निको हुन्छ, जति कम उमेर भयो त्यति छिटो निको हुने गर्छ ।

त्यसैगरी, औषधि सेवन, फोटो थेरापी र अप्रेसनबाट सेतो दुवीको उपचार हुने चिकित्सकहरू बताउँछन् भने सेतो दुबी हटाउन खाने र दागमा लगाउने औषधि पनि हुन्छ । सेता दागलाई निको पार्न भने दाग नमेटिएसम्म औषधि सेवन गर्नुपर्छ ।

शरीरमा भएको सेतो दुबी हटाउन चिकित्सकले सिफरिस गरेको औषधि सेवन गरी, औषधि खाएको दुईघण्टापछि घाममा बस्नुपर्ने हुन्छ । औषधि सेवनले दुई महिना देखि चार महिनासम्ममा दाग हराउन थाल्ने र विस्तारै निको हुँदै जान्छ ।

 

 

 

 

प्रकाशित : 24 April, 2021

प्रतिक्रिया दिनुहोस्