भारतको दिल्लीमा खुला ठाउँमा शव जलाइँदै, कोरोना संक्रमण भयावह बन्दै
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख ११, भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ३२ हजार ७३० जनामा कोरोना संक्रमण भएको र २ हजार २६३ जनाको मृत्यु भएको छ।
त्यसैगरी, भारतमा अहिलेसम्म १ करोड ६२ लाख ६३ हजार ६९५ जनामा कोरोना संक्रमण भएको छ भने अहिलेसम्म १ लाख ८६ हजार ९२० जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको मन्त्रालयले बताएको छ। मृत्यु हुनेको संख्या तीव्र रूपमा बढेसँगै संघीय राजधानी रहेको नयाँ दिल्लीको खुला ठाउँमा शव दहन गर्न थालिएको छ।