भोली नेपाल र जापानबीच भिडन्त हुने

काठमाडौं । बैशाख ११, नेपाल र जापानका खेलाडीबीच यही बैशाख १२ गते आईतबार जापानमा किक बक्सिङ भिडन्त हुदैँ छ ।
जापानको नागोया शहरमा हुन गईरहेको हिट ४८ मा नेपालकातर्फबाट हिमालयन चितुवा उपनामबाट परिचित खेलाडी अबिरल घिमिरे र जापानी खेलाडी योसिदा यईजीबीच मार्सल आर्ट किक बक्सिङ खेल हुन लागेको हो।
नेपाली खेलाडी घिमिरेले जापानमा बिभिन्न पटक भएको भिडन्तमा जापानी खेलाडीलाई पराजित गरी उपाधि हासिल गर्न सफल भईसकेका छन् ।
नागोयामा अबिरल घिमिरेको खेल हेर्न आउन जापानमा रहेका नेपालीहरुको समूहले नेपालको राष्ट्रिय झण्डा सहित उपस्थितिका लागि अनुरोध गरीएको बताईएको छ।