दुलही झैं सिंगारिएको प्रकृति (फोटो फिचर)

सहयात्रा टिभी

काठमाडौं । बैशाख १२, प्रकृति दुलही झैं सिंगारिने समय वसन्त ऋतुको याम हो ।

लाली गुराँसको हब भनेर चिनिएको म्याग्दीको पर्यटकीय क्षेत्र घोडेपानी मात्र होइन जिल्लाका अधिकांश स्थानमा ढकमक्क लालीगुराँस फुलेको छ।

रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेका जंगल पनि लालीगुराँसका फूलले रंगिन बनेको छ। कुइनेमंगलेको पात्लेखर्कमाथिका लसुनबारी, चिमाली बुकी यरियाका जंगलमा थरीथरीका गुराँसका फुलहरूले सजिएका छन्। म्याग्दीका ३२ वटा जंगलमा लालीगुराँस फुल्ने वन डिभिजन कार्यालयको तथ्यांक रहेको छ।

प्रकाशित : 25 April, 2021

प्रतिक्रिया दिनुहोस्