आजबाट काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकको काम नहुने

काठमाडौं । बैशाख १३, काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आजबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भएकोले सो निर्णय लिएको हो । संक्रमितहरुको निकट सम्पर्कमा रहेका अन्य कर्मचारीहरु समेत परीक्षणको क्रममा रहेकाले कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको प्रशासनले बताएको छ ।
पहिलो चरणमा सेवाग्राहीको भिडभाड हुने सबै सरकारी र नीजि क्षेत्रका कार्यालयहरुमा भिड नियन्त्रण गर्नु आवश्यक भएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।