आज नेपाल सुपर लिग फुटबलमा चितवन र ललितपुर भिड्ने

सहयात्रा टिभी

काठमाडौं । बैशाख १३, आज पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत एक खेल हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने सो खेलमा ललितपुर सिटी एफसी र एफसी चितवनबीच साँझ ५ः३० बजे प्रतिस्पर्धा हुर्दै छ । अन्जन विष्टको कप्तानीमा रहेको ललितपुर पहिलो जित निकाल्ने योजनामा हुनेछ ।

उद्घघाटन खेलमा ललितपुर काठमाडौं रेजर्ससँग १-० ले स्तब्ध भएको थियो । राष्ट्रिय टिमका स्ट्राइकर भरत खवासको कप्तानीमा चितवन मैदान उत्रने छ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।

 

प्रकाशित : 26 April, 2021

प्रतिक्रिया दिनुहोस्