बेलायतको सबैभन्दा महँगो सम्बन्धविच्छेद, १२ अर्ब रुपैयाँ पाउँने
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख १३, सम्बन्धविच्छेद पछि थुप्रै मामिलामा एक पक्षले अर्को पक्षलाई दिने रकमको चर्चा हुने गर्छ । बेलायतमा श्रीमान्–श्रीमतीबीच सम्बन्धविच्छेदको झगडामा छोराले आमालाई ७५ मिलियन पाउन्ड (१२ अर्ब रुपैयाँ) दिनेछन् । यो बेलायतको सबैभन्दा महँगो सम्बन्धविच्छेद हुनेछ ।
ब्लूमबर्गको एक रिपोर्ट अनुसार उक्त निर्णय लण्डनको एउटा अदालतले सुनाएको हो । यो पूरा घटना लण्डनका धनाढ्य फरहाद–तातियाना नामक दम्पत्ति र उनका छोरा तैमूरसँग जोडिएको छ ।
तैमुरले आफ्ना पितासँग मिलेर आफ्नो लाखौं सम्पत्ति– थुप्रै बंगला, सुपरयाच, हेलिकोप्टर र विलासी आर्ट कलेक्सन– लुकाएको समेत पुष्टि भएको बताईएको छ ।