अफ्रिकामा मानवीय संकट, तत्काल सहयोग आवश्यक परेको राष्ट्रसंघको भनाइ

सहयात्रा टिभी

काठमाडौं । बैशाख १५, संयुक्त राष्ट्रसंघले अफ्रिकाको सहारा मरुभूमि वरिपरि रहेका बुर्किना फासो, उत्तरी क्यामरुन, चाड, माली, नाइजर र उत्तरपूर्वी नाइजेरियामा मानवीय संकट देखापरेको बताएको छ ।

सो देशका २ करोड ८० लाख मानिसहरु असुरक्षा र भोकमरीको चपेटामा परेकाले तत्काल सहयोग आवश्यक रहेको राष्ट्रसंघको भनाइ रहेको छ ।

त्यसैगरी, बुर्किना फासो, उत्तरी क्यामरुन, चाड, माली, नाइजर र उत्तरपूर्वी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, लैंगिक हिंसा, विस्थापन र भोकमरीको समस्या बढ्दै गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

 

प्रकाशित : 28 April, 2021

प्रतिक्रिया दिनुहोस्