बान्द्रामा रहेका भोकाहरुको लागि खानेकुरा पठाइरहेका छन् अहिले सलमान
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख १५, दोस्रो चरणको कोरोना संक्रमणले भारतमा महामारीको रुप लिएसँगै बलिउडका केही कलाकार माल्दिभ्समा मस्ति गरिरहेका छन् तर यतिबेला सलमान कोरोना संक्रमणमा परेकाहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गरिरहेका छन् ।
उनले ‘भाइजान किचेन’ को नाम मार्फत बान्द्रामा रहेका भोकाहरुको लागि खानेकुरा पठाइरहेका छन् । उनले लामोसमय देखि खाना पठाइरहेको छन् । उनले युवा सेनाको नेता राहुल कनालको साथमा लिएर दिनहुँ ५ हजार अग्रपंत्तिमा रहेका कामदारहरुको पेट भरिरहेका छन् । सलमानले सोमबार भाइजान किचेनमा पुगेर आफै खाना चाखेका थिए जस्को निकै चर्चा भइरहेको छ ।