केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लगानीकर्तालाई ब्रोकरको यस्तो चेतावनी

सहयात्रा टिभी

काठमाडौंं । बैशाख १५, ब्रोकरहरूले लकडाउनलाई आड बनाएर लगानीकर्तालाई चेतावनीपूर्ण धम्की दिएका छन् ।

तुरुन्तै रकम भुक्तानीको र कारोबार राफसाफको सुनिश्चित नभई कारोबार नगर्न लगानीकर्ताका नाममा सूचना नै जारी गर्दै ब्रोकर एसोसिएसनले अप्ठ्यारा कुरा गरेको छ ।

त्यसैगरी, एसोसिएसनद्धारा बुधबार जारी सूचनामा ‘खरिद रकम तथा बिक्री गरिएको धितोपत्र टीं१ भित्र हस्तान्तरण गर्न सक्ने कुराको यकिन गरेर मात्र कारोबार गर्न हुन तथा टीं१ भित्र नै रकम तथा धितोपत्र हस्तान्तरण गरी जिम्मेवार लगानीकर्ताको कर्तव्य निर्वाह’ गर्न भनिएको छ ।

सो सूचनामा अगाडी लेखिएको छ– लगानीकर्ताहरूले विद्युतीय माध्यमबाट रकम तथा मेरो शेयर मार्फत धितोपत्र भुक्तानी गर्न सक्ने व्यवस्थाको सुनिश्चितता गरेर मात्र कारोबारमा संलग्न हुन सूचित गरिन्छ ।

निशेषाज्ञाको अवधिमा लगानीकर्ताहरूले चेक मार्फत खरिद तथा भौतिक निर्देशन पुर्जी मार्फत बिक्री गरिएको धितोपत्र व्यवसायीहरूलाई उपलब्ध गराउन असहज हुने कुरा सूचनामा उल्लेख गरीएको छ । एजेन्सीहरुको सहयोगमा

 

प्रकाशित : 28 April, 2021

प्रतिक्रिया दिनुहोस्