केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एनआइसी एशिया बैंकको खुद नाफा ३ अर्ब माथि

सहयात्रा टिभी

काठमाडौंं । बैशाख १५, बैंकले बुधबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा २०.०७ प्रतिशतले वृद्धि भएको छ ।

उक्त विवरण अनुसार बैंकले चालू आवको चैत मसान्तसम्म कुल ३ अर्ब ४८ लाख रुपैयाँ खुद नाफा कमाएको हो भने गत आवको तेस्रो त्रैमासमा बैंकले २ अर्ब ५० करोड २४ रुपैयाँ नाफा कमाएको थियो ।

त्यसैगरी, बैंकको खुद ब्याज आम्दानी भने १९.२३ प्रतिशतले बढेको छ । यस्तै, बैंकको संचालन नाफा २१.९७ प्रतिशतले बढेर ४ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, हाल ११ अर्ब ६५ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ६६ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिसम्म बैंकले २ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर ३४.३८ रुपैयाँ, खराब कर्जा ०.४७ प्रतिशत, प्रतिसेयर नेटवर्थ १७४.३८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२.७१ प्रतिशत, बेसरेट ६.७७ प्रतिशत र सीसीडी रेसियो ८४.२१ प्रतिशत रहेको छ । एजेन्सीहरुको सहयोगमा ।

प्रकाशित : 28 April, 2021

प्रतिक्रिया दिनुहोस्