साहरुखसँग कंगनाले आफ्नो तुलना गर्दै

सहयात्रा टिभी

काठमाडौं । बैशाख १६, बलिउड नायिका कंगना रनावत आफ्नो कुरा निर्धक्क सामाजिक संजालमा पोष्ट गर्ने गर्छिन् । उनले बलिउडमा पाइला राखेको १५ बर्ष भयो ।

कंगनाले अभिनय गरेको चलचित्र ‘ग्याङस्टार’ रिलिज भएको १५ बर्ष भयो । उनले, पहिलो चलचित्र रिलिज भएको १५ बर्ष पुगेको अवसरमा एउटा पोष्ट गरिन् र आफ्नो तुलना बलिउडका नायक साहरुख खानसँग गरिन् ।

कंगनाले लेखिन्–‘१५ बर्ष अगाडि आजैको दिन ‘ग्याङस्टार’ रिलिज भएको थियो । साहरुख खानजी र मेरो अहिलेसम्मकै सबैभन्दा ठूलो सफलताको कहानी छ । तर, साहरुख खान दिल्लीबाट बलिउडमा आएका हुन् । उनी पढेलेखेका मानिस थिए र उनका माता–पिता पनि चलचित्र क्षेत्रसँग जोडिएका थिए । तर, मलाई अंग्रेजीको एक शब्द पनि आउँदैनथ्यो । मैले अध्ययन गरेकी थिइनँ । हिमाञ्चल प्रदेशको गाउँबाट म आएकी थिएँ ।’ तर साहरुखसँग आफ्नो तुलना गरेकी कंगनालाई मानिसहरुले आलोचना गरिरहेका छन् ।

 

प्रकाशित : 29 April, 2021

प्रतिक्रिया दिनुहोस्