साउदीले सबैभन्दा ठूला तेल कम्पनी विक्री गर्दै, चीनले किन्ने अनुमान

सहयात्रा टिभी

काठमाडौं । बैशाख १६, साउदी अरबियाको राजदरबारले आफ्नो स्वामित्वमा रहेको साउदी अरबको सबैभन्दा ठूलो तेल कम्पनी विक्री गर्ने भएको छ ।

साउदी युवराज मोहम्मद बिल सलमानले साउदीको आराम्को नामक तेल कम्पनीको १ प्रतिशत शेयर बिक्रि गर्न लागेका हुन् । आराम्कोको हालको बजार मूल्य अनुसार १ प्रतिशत शेयरको भाउ १९ अर्ब डलर रहेको छ ।

विश्वको सबैभन्दा ठूलो कम्पनी मध्येको एक आराम्कोको उक्त शेयर हिस्सा चीनले खरीद गर्नसक्ने बताइएको छ ।

कच्चा तेलको बिक्रि तथा व्यापार सञ्चालनका लागि चीन, भारत दक्षिणपूर्वी एसिया, जापान तथा दक्षिण कोरियामा लगानी गर्ने आराम्कोले आफ्नो पछिल्लो रिपोर्टमा उल्लेख गरेको थियो ।

सन् २०१९ मा साउदी अरबले इतिहासकै ठूलो आइपिओमा १.७ प्रतिशत आराम्कोको शेयर बिक्रि गरेको थियो । त्यसबाट उठेको २९ अर्ब ४० करोड डलर रकमलाई सरकारी भिजन २०३० नामक योजनामा लगानी गर्ने जनाएको थियो । अहिले आराम्को कम्पनीको बजार मूल्य १.७ ट्रिलियन डलर रहेको छ । स्रोतः सिएनएन

 

 

प्रकाशित : 29 April, 2021

प्रतिक्रिया दिनुहोस्