केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नारायणी डेभलपमेण्ट बैंकको ५२ लाख खुद नोक्सानी

सहयात्रा टिभी

काठमाडौं । बैशाख १७, चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नारायणी डेभलपमेण्ट बैंक ५२ लाख ५४ हजार रूपैयाँ खुद नोक्सानीमा रहेको छ ।

गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नोक्सानी रकम वृद्धि भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनी १० लाख ९९ हजार रूपैयाँ खुद नोक्सानीमा रहेको थियो ।

तयसैगरी, गत वर्ष यस अवधिसम्म कम्पनीले १४ लाख ५० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यस वर्ष सतप्रतिशत हकप्रद सेयरमार्फत चुक्तापुँजी वृद्धि गरी १३ करोड १२ लाख ४५ हजार रूपैयाँ पु¥याएको कम्पनीको जगेडा कोष रकम १२ करोड ६० लाख रूपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीको रिटर्न अर्निङ भने २१ करोड २७ लाख ५८ हजार रूपैयाँ ऋणात्मक रहेको छ ।

गत वर्षभन्दा २६५.३६ प्रतिशत बढी ९ करोड ४४ लाख ३७ हजार रूपैयाँ निक्षेप संकलन गरेको कम्पनीले गत वर्षभन्दा ७९४.७९ प्रतिशत बढी २ करोड ६७ लाख ८१ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष सतप्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात भने यो वर्ष २५.९ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी पनि ४ ऋणात्मक रहेको छ । यस अवधिसम्म प्रतिशेयर नेटवर्थ ३६.१५ रहेको छ ।

एजेन्सीहरुको सहयोगमा

 

 

प्रकाशित : 30 April, 2021

प्रतिक्रिया दिनुहोस्