आजको मौसम जानकारी ‌‌‌‌‌‌

सहयात्रा टिभी

काठमाडौं । बैशाख १९, हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले हाल देशका पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली भइरहेको छ भने बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा भइरहेको जानकारी दिएको छ ।

त्यसैगरी, आज दिउँसो देशभर पहाडी भू–भागहरुमा सामान्य बदली र अन्य भू–भागहरुमा आंशिक बदली रहनेछ भने बागमती र गण्डकी प्रदेश लगायत अन्य पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

 

 

प्रकाशित : 2 May, 2021

प्रतिक्रिया दिनुहोस्