केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सानिमा जनरल इन्स्योरेन्सको खुद नाफ वृद्धि

सहयात्रा टिभी

‌‌‌काठमाडौं । बैशाख १९, सानिमा जनरल इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू. ४६ करोड ४६ लाख २८ हजार कुल बीमाशुल्क आर्जन गरेको छ । गत वर्ष यस अवधिसम्म कम्पनीले रू २६ करोड ३३ लाख ६ हजार कुल बीमाशुल्क आर्जन गरेको थियो ।

त्यसैगरी, यस वर्ष कम्पनीले १७३ दशमलव ७८ प्रतिशत बढी कुल दाबी भुक्तानी गरेको छ । गत वर्ष रू ५ करोड ५७ लाख ६४ हजार कुल दाबी भुक्तानी गरेको कम्पनीले यस वर्ष रू १५ करोड २६ लाख ६८ हजार भुक्तानी गरेको हो । गत वर्ष रू २ करोड ८९ लाख ४७ हजार खुद नाफा गरेको कम्पनीले यस वर्ष रू ५ करोड ८१ लाख ७० हजार यो नाफा गरेको हो ।

बीमाकोष रकम पनि यस वर्ष ९४ प्रतिशत बृद्धि भई रू ८ करोड ५७ लाख २० हजार पुगेको छ भने कम्पनीको प्रतिशेयर आम्दानी रू ७ दशमलव ८० र प्रतिशेयर नेटवर्थ रू ११७ दशमलव शून्य ६ रहेको छ ।

 

 

 

प्रकाशित : 2 May, 2021

प्रतिक्रिया दिनुहोस्