केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सेयर बजार ५४ अंकले वृद्धि

सहयात्रा टिभी

काठमाडौंं । बैशाख १९, आइतबार सेयर बजार ५४ अंकले बढेको छ । बजार समग्रमा २.०७ प्रतिशतले बढेको हो । यस दिन सेयर बजार २६६५.१० बिन्दुमा अडिएको छ । आइतबार ७ अर्ब ३६ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

त्यस्तै, महिला लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर यसको सेयर मूल्य ३ हजार ४ सय ३७ रुपैयाँ कायम भएको छ भने यता विशाल बजार कम्पनीको सेयर मूल्य पनि यहि अनुपातमा बढेको छ । यसको सेयर मूल्य ५ हजार ६ सय ८ रुपैयाँ कायम भएको छ । यता सिंगटी हाइड्रोको सेयर मूल्य पनि ९.९२ प्रतिशतले बढेर ३ सय ९९ रुपैयाँ कायम भएको छ ।

खरिद बिक्री रकममा ४२ करोड रुपैयाँभन्दा बढीसहित एनसीसी बैंक अगाडि रहेको छ । दोस्रोमा पुनर्बिमा र तेस्रोमा नेपाल टेलिकम रहेका छन् भने २२६ कम्पनीको १ करोड ५८ लाख कित्ताभन्दा बढी सेयर कारोबार भएको हो ।

प्रकाशित : 2 May, 2021

प्रतिक्रिया दिनुहोस्