छोरी जन्मेको खुसियालीमा हेलिकप्टर यात्राबाट घरमा ल्याइयो
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख २२, लैंगिक विभेद कायम रहेको नेपाल तथा भारत जस्ता देशहरुमा अझै पनि छोरा र छोरीबीच भेदभाव हुने गरेको पाईएको छ ।
त्यस्तै, परम्परागत भेदभावको सोँचलाई चुनौती दिदैँ एकजना भारतीय दम्पतीले परिवारमा ३५ वर्षपछि छोरी जन्मिएको खुसीमा उत्सव नै मनाएका छन् र छोरीलाई घरसम्म ल्याउनका लागि हेलिकप्टर नै चार्टर गरेका छन् ।
भारतको राजस्थानस्थित नागौर जिल्लाको निम्बडी चाँदवता गाउँमा यो घटना भएको हो । ठूली छोरी ३५ वर्षकी भैसकेकी छिन् र छोरा २१ वर्षका भए । ती जन्मीइकी बालिकाको नाम सिद्धि राखिएको छ । नागौर जिल्ला अस्पतालमा जन्मिएकी छोरीलाई स्थानीय रितिरिवाज अनुसार सुत्केरी चुकी देवीको माइती हरसोल गाउँमा लगियो ।
रामनवमीको दिन उक्त बालीकालाई १० मिनेटको हेलिकप्टर यात्राबाट घरमा ल्याइयो । घरमा नातिनी ल्याइएसँगै त्यहाँ उपस्थित परिवारजन तथा गाउँलेहरुले फुलमाला तथा परम्परागत गीतसंगीतबाट स्वागत गरे । स्रोत : बीबीसी