‘उत्कृष्ट निर्देशक’को अवार्ड सरोज खनालले जित्न सफल
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख २२, काठमाडौंमा भर्खरै सम्पन्न ‘नेपाल सर्ट फिल्म अवार्ड २०७७’मा उत्कृष्ट निर्देशकको अवार्ड नायक सरोज खनालले जित्न सफल भएका छन् ।
त्यस्तै, ‘उत्कृष्र्ट सर्ट फिल्म’को अवार्ड भने तेजेन्द्र प्रसाद कँडेलको ‘देशमाथि’ले जितेका छन् ।
अवार्ड बिजेताहरुलाई पूर्व प्रधानसेनापति राजेन्द्र क्षेत्री, कलाकारहरु रविन्द्र खड्का, रमेश बुढाथोकी, नवल खड्का लगायतले एक समारोहबीच अवार्ड प्रदान गरेका थिए ।
सर्वोत्कृष्ट खलपात्रको अवार्ड कलाकार तुलसी प्रसाद श्रेष्ठले चलचित्र ‘नशा’बाट प्राप्त गर्दा सर्वोत्कृष्ट हास्य अभिनेताको अवार्ड शेखर खनालले चलचित्र ‘धुर्त काजी’बाट प्राप्त गरेका छन् भने सर्वोत्कृष्ट नव–नायकको अवार्ड सुरज पोखरेलले ‘हाम्रो नाता’बाट प्राप्त गरे ।
अवार्ड समारोहमा निर्देशक तर्फको जुरी अवार्ड केडी प्रशितलाई चलचित्र ‘मेरो भगवान’बाट प्रदान गरियो भने सर्ट फिल्म निर्देशकको प्रोत्साहन पुरस्कार अमिर बरालले चलचित्र ‘ज्यान जाने पिरिम’बाट प्राप्त गरे ।
त्यस्तै, सर्वोत्कृष्ट नायकको अवार्ड अभिनेता धु्रबदत्तले चलचित्र ‘सहारा’बाट, सर्वोत्कृष्ट नव निर्देशकको अवार्ड निर्देशक आशुतोष अधिकारीले चलचित्र ‘हाम्रो नाता’बाट प्राप्त गरे । सर्वोत्कृष्ट कथाको अवार्ड आरती अधिकारी आचार्यले चलचित्र ‘लकडाउन’बाट, सर्वोत्कृष्ट कथा (डायस्पोरा)बाट पुरु राईले चलचित्र ‘सहारा’बाट प्राप्त गरे । एजेन्सीहरुको सहयोगमा ।