दाङमा चार जना कोराना संक्रमितको मृत्यु

सहयात्रा टिभी

दाङ । बैशाख २३, दाङको कोरोना विषेश अस्पताल बेलझुण्डीमा चार जना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा घोराही उपमहानगरपालिका ९ का ६५ वर्षीय पुरुष, घोराही १५ का ६५ वर्षीय पुरुष, घोराही १८ की ४५ वर्षीया महिला र बबई गाउँपालिका ४ का ४० वर्षीय पुरुष छन् । उनीहरुको उपचारको क्रममा गएराति उनीहरुको मृत्यु भएको हो । उनीहरु कोरोना र निमोनियाबाट पीडित थिए ।

प्रकाशित : 6 May, 2021

प्रतिक्रिया दिनुहोस्