रातभरिमा थप २४ जना संक्रमितको मृत्यु, कोरोना भयानक बन्दै

सहयात्रा टिभी

काठमाडौं । बैशाख २३, बुधबार रातिदेखि बिहीबार बिहानसम्म देशभरका विभिन्न अस्पतालमा कोरोना संक्रमणबाट २४ जनाको ज्यान गएको छ।

तथ्यांक अनुसार बाँकेमा १० जना, कैलाली र दाङमा ४ जना, पाल्पा, बागलुङ र पर्सामा २ जनाको मृत्यु भएको सम्बन्धित जिल्लाका स्रोतले जनाएको छ ।

बाँकेमा भने एकै रातमा १० जनाको कोरोनाबाट मृत्यु भएको छ। भेरी अस्पताल बाँकेमा ७८, ५८ वर्षीय पुरुष, २७ वर्षीय पुरुष, ४३ महिला, ५५ वर्षीय पुरुष, ७८ वर्षीय पुरुष, ७७ वर्षीय पुरुष, ५६ वर्षीय पुरुष, ४५ वर्षीय पुरुषको मृत्यु भएको छ। यस्तै ३४ वर्षीय संक्रमितको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला स्वाथ्य कार्यलय बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए।

प्रकाशित : 6 May, 2021

प्रतिक्रिया दिनुहोस्