भारतमा २४ घण्टाभित्र भेटिए ४ लाख १२ हजार संक्रमित, पछिल्लो अपडेट सहित
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख २३, कोरोनाको दोस्रो लहर नियन्त्रण बाहिर हुँदै गएपछि भारतमा यहि बुधबार रेकर्ड ४ लाख १२ हजार ३७३ संक्रमित भेटिएका छन् ।
त्यस्तै, बुधबार १४,२७४ संक्रमितको कोरोनाका कारण मृत्यु भएको छ । जसमध्ये ३,९७९ मृत्यु भारतमा मात्रै भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा यहाँ ३ लाख ३० हजार ५२५ मानिसहरु कोरोनामुक्त भएका छन् ।
भारतमा कोरोना महामारीको आपडेट :
- पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः ४ लाख १२ हजार
- पछिल्लो २४ घण्टामा भएको कूल मृत्युः ३,९७९
- पछिल्लो २४ घण्टामा निको भएकाः ३.३० लाख
- हालसम्म संक्रमित भएकाः २.१० करोड
- हालसम्म निको भएकाः १.७२ करोड
- हालसम्म कूल मृत्युः २.३० लाख
- हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३५.६२ लाख