आजदेखि उदयपुरमा निषेधाज्ञा

उदयपुर । बैशाख २४, दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्ररूपमा फैलिँदै गएपछि जिल्लावासी जनताको हितलाई ध्यानमा राखेर उदयपुर जिल्ला प्रशासनले आजदेखि वैशाख मसान्तसम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।
हरेक दिन बिहान ६ देखि १० बजेसम्म मात्र निश्चित दैनिक उपभोग्य वस्तुको पसल खुल्ने र बाँकी समय सबै पसल बन्द गर्ने जिल्ला प्रशासन कार्यालयका अनुसार निर्णय भएको छ ।
प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईँले एम्बुलेन्स, प्रहरी, सुरक्षाकर्मीको सवारी साधनबाहेक अन्य सबै सम्पूर्ण सवारी साधनसमेत सञ्चालनमा रोक लगाइएको बताउनुभयो ।