ट्रम्पको नयाँ संचार प्लेटफर्मको एकाउन्ट ट्विटरद्धारा निलम्बित
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । बैशाख २४, पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ संचार प्लेटफर्मबाट सेयर गर्न बनाईएको एकाउन्ट र पोष्टहरू ट्विटरले निलम्बित गरेको छ।
एकाउन्टले ट्रम्पको तर्फबाट ट्विट गरेको दाबी गरेको छ। तर ‘एकाउन्ट डीजेटीडीस्क @DJTDesk ले ‘निलम्बित खातासँग सम्बद्ध’ सामग्रीहरु साझा गरेर प्रतिबन्धित चोरी नीतिको उल्लंघन गरेको छ।’ कम्पनीका प्रवक्ताले भने ।
तर यस्तै खाताहरू अझै पनि सोशल मिडिया प्लेटफर्ममा सक्रिय रहेको फेला पारेको बीबीसीले बताएको छ । ट्रम्पले मंगलबार आफ्नो कम्युनिकेसन प्लेटफर्म सुरू गरे जसलाई– ‘डोनाल्ड जे ट्रम्पको डेस्कबाट’ शीर्षक दिईएको छ। ट्विटरले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ संचार प्लेटफर्मबाट पोष्टहरू सेयर गर्ने एकाउन्ट निलम्बित गरेको हो। एजेन्सीहरुको सहयोगमा ।