इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडको पुनरागमन जित

सहयात्रा टिभी

काठमाडौं । बैशाख २७, इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित भएको छ ।

गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित एस्टन भिल्लालाई ३–१ गोल अन्तरले पराजित गरेको हो भने युनाईटेडलाई जित दिलाउन फर्नान्डेस, मासन ग्रीनउड र एडिन्सन काभानीले एक एक गोल गरे ।

त्उस्तै जितसँगै ३४ खेलमा ७० अंक जोडेको युनाईटेड दोस्रो स्थानमा यथावत छ । प्रिमियर लिगकै अर्को खेलमा वुल्भरह्याम्टनले ब्राइटनलाई २–१ ले हराएको छ ।

गएराति नै भएको अर्को खेलमा एभर्टनले घरेलु टोली वेस्ट ह्याम युनाईटेडलाई १–० ले हराएको छ । जितसंगै एभर्टनले च्याम्पियन्स लिग छनोटको सम्भावनालाई जिवितै राखेको छ । एभर्टन लिगको आठौं स्थानमा छ ।

प्रकाशित : 10 May, 2021

प्रतिक्रिया दिनुहोस्