केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सूर्या लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क तीन अर्ब माथि

सहयात्रा टिभी

काठमाडौं । बैशाख २७, सूर्या लाइफ इन्स्योरेन्स (SLICL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब २३ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने गत आर्थिक वर्षको यहि अवधिको तुलनामा यो ८२.५४ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले १ अर्ब ८६ करोड ७० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

यस्तै इन्स्योरेन्सले लगानी कर्जा तथा अन्य आयबाट ६१ करोड ५९ लाख रुपैयाँ र बीमालेख धितोबाट ७ करोड ३१ लाख रुपैयाँ आम्दानी गरेको छ ।

यस अवधिमा इन्स्योरेन्सले बीमांकिय मुल्यांकन अघि २९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५५.८८ प्रतिशतले बढी हो भने गत आर्थिक वर्षको यहि अवधिमा इन्स्योरेन्सले १८ करोड ६७ लाख रुपैयाँ खुद नाफा रहेको थियो ।

त्यस्तै चुक्ता पूँजी २ अर्ब २६ करोड २८ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ८० करोड ८५ हजार रुपैयाँ, जीवन बीमा कोषमा १० अर्ब १ करोड ३८ लाख रुपैयाँ र महाविपत्ति कोषमा १४ करोड २९ लाख रुपैयाँ सञ्चित रहेको छ ।

कम्पनीले चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा ३ लाख ३२ हजार ६०४ वटा बीमालेख जारी गरी ३ अर्ब २८ करोड १८ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १७ रुपैयाँ १५ पैसा, प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ९७ पैसा र मूल्य आम्दानी अनुपात ४८.९३ गुणा रहेको छ । एजेन्सीको सहायतामा ।

प्रकाशित : 10 May, 2021

प्रतिक्रिया दिनुहोस्