केपी ओली प्रचण्ड माधव नेपाल एमाले


सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सहयात्रा टिभी

काठमाडौं । बैशाख २७, नेपाली बजारमा आज सुनको मूल्य २ सयले बढेर ९२ हजार पुगेको छ । आइतबार सुन प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएको थियो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रूपैयाँ थियो भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार छापावाला सुन प्रतितोला ९२ हजार पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ रहेको छ । यता आज चाँदीको मूल्य १ हजार ३ सय ६० मा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

 

प्रकाशित : 10 May, 2021

प्रतिक्रिया दिनुहोस्