इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जित्न सफलः म्यानचेस्टर सिटी

सहयात्रा टिभी

काठमाडौं । बेशाख २९, इंग्लिस प्रिमियर लिग फुटबलको गएराति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड लेष्टर सिटीसंग २–१ ले पराजित भएपछि म्यानचेस्टर सिटीले उपाधि जितेको छ ।

सिटीले तीन खेल बाँकी छंदै उपाधि जितेको हो भने यो जितसंगै सिटीले पाँचौं पटक प्रिमियर लिगको उपाधि जितेको छ ।

त्यस्तै दोस्रो स्थानको युनाईटेड भन्दा १० अंक माथि रहेको सिटीले ३५ खेलमा ८० अंक जोडेको छ भने युनाईटेडको ७० अंक रहेको छ ।

प्रकाशित : 12 May, 2021

प्रतिक्रिया दिनुहोस्