आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट

सहयात्रा टिभी

काठमाडौं । बैशाख ३०, दक्षिण कोरियाले आफैँले कोरोना परीक्षण गर्न मिल्ने किट निर्माण गरेको छ ।

उक्त किट यहाँका दुई औषधि निर्माता कम्पनी हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेका हुन् ।

घरमै बसी आफ्नो स्वाबमार्फत परीक्षण गरिने यो किटले परीक्षण गरेको १५ मिनेटमै कोरोना भाइरस लागे नलागेको पत्ता लगाउन सकिन्छ भने किट अब हरेक २४ घण्टे पसलमा सहजै उपलब्ध हुने बताईएको छ ।

यहाँका जी एस–२५, सेभेन इलाभेन, इ–मार्टलगायतका २४ घण्टे पसलबाट सजिलै खरिद गर्न सकिने उक्त किटको खुद्रा मूल्य १० हजार कोरियन वन अर्थात् झण्डै एक हजार नेपाली रुपैयाँ पर्छ ।

यसको सहायताले अब प्रयोगकर्ताले सहजै आफ्नो नतिजा थाहा पाई पोजिटिभ आए सेल्फ आइसोलेशन बस्ने तथा थप पिसिआर जाँच गरी स्वास्थ्य सुरक्षा अपनाउन सक्नेछन् ।

 

प्रकाशित : 13 May, 2021

प्रतिक्रिया दिनुहोस्