मुस्ताङमा आजबाट निषेधाज्ञा, मुक्तिनाथ मन्दिर जेठ १५ सम्म बन्द

सहयात्रा टिभी

म्याग्दी । बैशाख ३०, जिल्लामा कोरोनाको दोश्रो लहर फैलिएको भन्दै यसको रोकथाम र नियन्त्रणका लागि मुस्ताङमा एक साताका निषेधाज्ञा लागू गरिएको स्थानीय प्रशासनले बताएको छ ।

त्यस्तै थासाङ, घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका भित्र लागु हुने गरी निषेधाज्ञा जारी गरिएको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले बताउनु भयो ।

त्यस्तैगरी बैशाख ११ गतेदेखि बन्द रहेको मुक्तिनाथ मन्दिर जेठ १५ सम्म बन्द गरिएको छ ।

प्रकाशित : 13 May, 2021

प्रतिक्रिया दिनुहोस्